दफा ४९८
दायित्व विभाजन हुन सक्ने

(१) एकभन्दा बढी व्यक्तिहरू प्रति दायित्व पूरा गर्नु पर्ने वा एकभन्दा बढी व्यक्तिले दायित्व पूरा गर्नु पर्ने अवस्थामा त्यस्ता व्यक्तिहरू प्रतिको वा त्यस्ता व्यक्तिहरूले पूरा गर्नु पर्ने दायित्व त्यसको प्रकृतिबाट विभाजन वा खण्ड खण्ड गर्न सकिने रहेछ भने त्यस्तो दायित्व विभाजन हुन सक्नेछ र सोही बमोजिम प्रत्येक व्यक्ति प्रति वा प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रत्येक व्यक्ति वा सबै व्यक्तिले दायित्व पूरा गर्नु पर्ने प्रत्येक व्यक्ति वा सबै व्यक्तिबाट दायित्व पूरा गराई माग्न सक्नेछ ।